हेटौंडा,१७ साउन: मनहरी गाउँपालिका वडा नं ७ रमौलीमा बसोबास गर्दै आइरहेका बोटे समुदायका बालबालिकाहरुलाई गाउँपालिकाले शैक्षिक सामग्री तथा पोशाक प्रदान गरेको छ ।
बोटे समुदायका ५४ जना बालबालिकालाई कापीकलम तथा पोशाक बितरण गरिएको हो । गाउँपालिकाले गरिव र विपन्न समुदायका बालबालिकाहरुलाई शैक्षिक सामग्री प्रदान गर्ने कार्यक्रम अन्तर्गत बस्तीमै पुगेर हस्तान्तरण गरिएको गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले बताइन् ।
शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले गरिव र विपन्न समुदायका बालबालिकाले पढ्न पाउने अधिकारबाट बन्चित नहोस् भनेर गाउँपालिका सदैव सचेत रहेको बताए । स्थानीय ब्रह्मकाली आधारभूत विद्यालयमा अध्ययनरत बोटे समुदायका बालबालिकाहरुका लागि आगामी दिनमा सहयोग जारी रहने अध्यक्ष उप्रेतीले बताए ।