हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरको आयोजनामा आज हेटौंडामा साईबर क्राईम सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन हुने भएको छ ।

सो सम्बन्धी नयाँ व्यवस्था लागु भइसकेको अवस्थामा यसबारे पत्रकारहरुलाई जानकारी गराउने उद्देश्यका साथ कार्यक्रम आयोजना हुने भएको हो । हेटौंडास्थित एक पार्टी प्यालेसमा आज हुने सो कार्यक्रममा सहभागी हुनको लागि जिल्लास्थित कार्यरत सबै पत्रकारलाई आमन्त्रण गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता यज्ञ प्रसाद भट्टराईले जानकारी दिएका छन् ।
वर्तमान सन्दर्भमा यस कार्यक्रम निकै सान्दर्भिक रहेकाले प्रभावकारी हुने अनुमान गरिएको छ ।