असार २०
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र चीनको गान्सु प्रान्तका गभर्नर ताङ रेन्जियन विच भेटवार्ता भएको छ । गभर्नर रेन्जियनको निमन्त्रणमा ५ दिने चीन भ्रमणका क्रममा गान्सु प्रान्त पुग्नु भएका मुख्यमन्त्री पौडेल र गभर्नर बीच विहिबार कुराकानी भएको छ । भेटवार्ताको क्रममा मुख्यमन्त्री पौडेलले चीनको विकासबाट नेपाल प्रभावित भएको भन्दै चीनका प्रविधिहरु नेपालमा पनि प्रयोग गर्न गभर्नर ताङलाई आग्रह गर्नुभयो । उहाँले चीन र नेपाल बीच धेरै समानता रहेकोले कृषि, पर्यटन, औद्योगिक विकासमा नेपालसंगै लैजान र लगानीमा सहकार्य गर्न ३ नम्बर प्रदेश तयार रहेको मुख्यमन्त्री पौडेलले आफ्नो धारणा राख्नुभयो ।

यसैगरी आधुनिक कृषि प्र्रणाली,औद्योगिक पार्कका विषयको छलफल पनि सकारात्मक रहेको मुख्यमन्त्रीका स्वकिय सचिब अनुप पौडेलले बताए । प्रदेश ३ ले लिएको विद्युतिय सवारी प्राथमिकताको बिषयमा पनि गान्सु प्रान्तले चासो देखाएको छ । चिनको गान्सुमा पनि ९० प्रतिशत सवारी साधन विद्युतिय नै रहेको बताउँदै गभर्नर रेन्जियनले नेपालको ३ नम्बर प्रदेशमा पनि १० बर्षभित्र लागू गर्न सकिने बताएका छन् । छलफलका क्रममा गभर्नर रेन्जियाङले लगानी सहित सर्वप्रथम आधुनिक कृषि प्रणालीमा सहयोग गर्ने र अन्य क्षेत्रमा पनि सहकार्य गर्ने प्रतिबद्धता गरेको स्वकिय सचिब पौडेलले जानकारी दिएको छ ।