हेटौडा,१० असार । मकवानपुर बहुमुखी क्याम्पसमा अध्यापन गराउँदै आएका अयोग्य शिक्षकहरुले असार मसान्तसम्म शैक्षिक योग्यताको प्रमाणपत्र पेश नगरे आन्दोलनमा उत्रने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्र्थी युनियन (क्रान्तिकारी), मकवानपुर बहुमुखी क्याम्पस इकाई कमिटीले एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै चेतावनी दिएको छ ।
आज मंगलबार मकवानपुर बहुमुखी क्याम्पस मुल इकाई कमिटीका अध्यक्ष रामकृष्ण शिवाकोटीद्वारा हस्ताक्षरित प्रेश विज्ञप्ती मार्फत भनेको छ– जेठ २९ गते प्रल्हाद लामिछानेको संयोजकत्वमा गठित समितिले पेश गरेको प्रतिवेदनअनुसार अयोग्य ठहरिएका सुरेश श्रेष्ठ र रामेश्वर कर्माचार्यले असार मसान्तसम्म शैक्षिक योग्यताको प्रमाण पत्र पेश नगरे आन्दोलनमा उत्रने छौं ।
विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने हक कसैलाई पनि नभएको भन्दै क्याम्पसले नीतिगत समस्यालाई नितीगत ढंगबाट नै समाधान गर्न तर्फ लाग्न विज्ञप्ति मार्फत आग्रह गरिएको छ । २४ घण्टै क्याम्पस खोलेर आन्दोलन गरिहेको विज्ञप्तीमा उल्लेख गर्दै ती शिक्षकहरुले शैक्षिक योग्यताको प्रमाणपत्र पेश नगरेसम्म थप चरणबद्ध आन्दोलनका कार्यक्रमको समेत घोषणा गरिएको छ ।