असार ८
भीमफेदी गाउँपालिकाका प्रतिनिधि किसानहरुलाई बाख्रापालन सम्बन्धी सञ्चालन गरिएको तीन दिने तालिम आइतबार समापन भएको छ । गाउँपालिकाका ९ वडाका ४/४ जना किसानहरुलाई सहभागी गराएर भैसे एकिकृत कृषि सहकारी संस्था लिमिटेडले तालिम दिएको हो ।
समापन कार्यक्रमका प्रमुख अतिथि एव् पालिका अध्यक्ष हिदम लामाले कार्यक्रममा बोल्दै स्थानिय स्तरमै मासु उत्पादन गरी मासु व्यवसायी बन्न किसानहरुलाई आग्रह गरेका छन् । दैनिक १५ हजार भारतबाट मासु आयत हुने नेपालमा आसु उत्पादन सजिलै गर्न सकिने भए पनि हामीले चासो नदेखाएर मासु व्यवसायमा पछाडी रहेको बताए । सरकारले पनि कृषीमा लाग्ने किसानहरुलाई धेरै सरकारी अनुदान उपलब्ध गराएको जानकारी गराउँदै विदेशमा गएर पसिना बगाउनु भन्दा सम्मान पुर्वक आफ्नै देशमा बसेर कृषी क्षेत्रमा लाग्न भनेका छन् । त्यसैगरी गाउपालिका उपाध्यक्ष तथा कार्यक्रमका अतिथि पार्वती रानाले पनि तालिमबाट प्राप्त ज्ञान व्यवहारीकरण गरी व्यवसायीक पशुपालनमा लाग्न अनुरोध गरेका छन् ।
पालिकाबाट सवै प्रकारका सहयोग उपलब्ध हुने प्रतिबद्धता समेत गरेका छन् । तिन दिने तालिममा बाख्राको जात, खोर व्यवस्थापन, लाग्ने रोगहरु र रोग लागेछी र रोग लाग्न नदिन कस्तो स्याहार गर्नु पर्छ भन्ने विषयमा किसानहरुलाई प्रशिक्षित गरेका थिए । तालिममा मुख्य प्रशिक्षकको रुपमा कृषी तथा वन विश्वविद्यालयका रामपुरका साहायक प्राध्यापक एव् बाख्रा विभाग प्रमुख निराजन भट्टराई रहेका थिए । यसैगरी जनप्रिय हटियाका प्राध्यापक मोतीउर रहमान र पालिकाका पशु प्राविधिक नारायण प्रसाद शर्माले तालिमको सहजीकरण गरेको हो । भैंसे एकिकृत सहकारी संस्थाका अध्यक्ष अप्सरा लामाको अध्यक्षतामा भएको समापन कार्यक्रममा ३ नम्वर वडा अध्यक्ष प्रितिलाल लामाको आतिथ्य रहेको थियो ।