हेटौंडा, ६ असार । प्रदेश नम्बर—३ का सामाजिक विकास मन्त्री युवराज दुलालले अहिलेको भौतिकबादी युगमा जथाभावी खानपिन तथा तनाबले बिभिन्न किसिमका रोग लाग्ने भएकोले त्यसबाट सुरक्षित हुनको लागि योग अनिबार्य रहेको बताउनुभएको छ ।
आज हेटौंडामा पाँचौ अन्तराष्ट्रिय योग दिबसको अबसरमा आयोजित समारोहको उद्घाटन गर्दे मन्त्री दुलाले यस्तो बताउनुभएको हो । उहाँले जनाताको स्वास्थ्य सुरक्षाको लागि सरकारले निशुल्क स्वास्थय उपचारको ब्यबस्था गरेपनि आफ्नो स्वास्थ्यको लागि आम नागरिक सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
मन्त्री दुलालले दैनिक योगले मानिसमा सकारात्मक सोंचको विकास हुनुका साथै दिर्घायु समेत बनाउने उल्लेख गर्दै योग र प्राणायाम आबश्यक रहेको छ भन्नुभयो । अन्तराष्ट्रिय योग जिल्ला स्तरीय मुल समारोह समितिले आयोजना गरेको कार्यक्रममा भारतीय राजदुताबास बिरगंज काउन्सिलका डेप्युटी काउन्सिलर रमेश प्रसाद चतुर्बेदीले योगको महत्व र मानिसले योग गर्नुपर्ने सम्बन्धमा जानकारी समेत दिनुभयो ।
मुल समारोह समितिका अध्यक्ष तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारी आश्मान तामाङको भापतित्वमा सम्पन्न कार्यक्रममा पतञ्जली योग जिल्ला समिति मकवानपुरका अध्यक्ष राम कृष्ण थापा , पताञ्जली प्रदेश तीनका प्रमुख ग्रुमिङ तौजले, प्रदेश सांसदहरु प्रेम बहादुर पुलामी , जुनेली श्रेष्ठ र जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको सहभागिता रहेको थियो । यस अघी योग दिवसको अबसरमा सिमा चोकबाट प्रभातफेरी कार्यक्रमको समेत आयोजना गरिएको थियो ।