हेटौंडा,१ असारः आगामी आर्थिक वर्षका लागि ३ नम्बर प्रदेशको ४७ अर्ब ६० करोडको बजेट प्रस्तुत भएको छ । ३ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले अर्थिक वर्ष २०७६/०७७ सालको बजेट प्रस्तुत गर्दै ४७ अर्ब ६० करोड ८७ लाख ८६ हजार बजेट विनियोजन भएको बताएका हुन् ।
जस अन्तर्गत पूँजीगततर्फ २२ अर्ब ८३ करोड ९८ लाख ९६ हजार रुपैयाँ तथा चालुतर्फ २४ करोड ४६ लाख ८९ हजार रुपैयाँ र वित्तिय व्यवस्थापनतर्फ ३० करोड रुपैयाँ विनियोजन गरिएको छ ।
बजेटले पैसा छर्ने प्रवृत्तिभन्दा पनि ठूला, प्रदेशको गौरवका आयोजना तथा जनताको जीवनस्तरमा परिवर्तन ल्याउने आयोजनालाई प्राथमिकता दिने प्रदेश सरकारको नीतिलाई पछ्याएको मन्त्री ढुंगेलको दाबी छ ।