हेटौंडा,१ असारः प्रदेश नम्बर ३ को बजेट प्रस्तुत भएको छ ।

आव २०७६/०७७ का लागि प्रदेशको बजेटले राजनीतिक तथा सामाजिक परिवर्तनमा योगदान दिने शहीद, वेपत्ता परिवारलाई सम्बोधन गर्ने गरी कार्यक्रम ल्याउन लागेको ३ नम्बर प्रदेशका अर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले बजेट भाषणमा बताएका छन् ।

जस अन्तर्गत प्रदेश सरकारले ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सो बजेटबाट शहीद परिवार, वेपत्ता परिवार तथा घाईतेहरुको समस्या सम्वोधन गर्ने गरी कार्यक्रमहरु सञ्चालन गर्ने प्रदेश सरकारले सञ्चालन गर्नेछ ।