भारत । भारतको पश्चिमी घाटमा दुईवटा पहाडबीच अवस्थित कुर्डी गाउँको बीचबाट सलाउलिम नदी बग्छ । कुनै बेला यो दक्षिणपूर्वी गोवाको एउटा जीवन्त गाउँ थियो । कुर्डीका बासिन्दाहरूका अनुसार यसको अस्तित्व सन् १९८६ मा मेटिएको हो ।
राज्यमा बनेको पहिलो बाँधका कारण कुर्डी पूर्ण रूपमा पानीमा डुब्न पुग्यो। तर प्रत्येक वर्ष मे महिनामा पानीको सतह घट्दै जान्छ र गाउँको भग्नावशेष देखिन्छ। चिरिएको भुइँ, रूखका मुढा, त्यस गाउँका घर र धार्मिक संरचनाका अवशेष, पुराना घरेलु सामान र ठाउँठाउँमा पानी जमेको बाँझो भूमि। झन्डै तीन हजार जनसङ्ख्या रहेको उक्त गाउँको भूमि उर्वर थियो । धानबालीवरिपरि नरिवल, काजु र आँपजस्ता फलफूल लगाइन्थ्यो र गाउँलेहरूको जीविका समान्य रूपमै चलिरहेको थियो ।
उक्त गाउँमा हिन्दू, मुसलमान र इसाई धर्मावलम्बीहरू बस्ने गर्थे। गाउँमा एउटा ठूलो मन्दिर पनि थियो । सबै धर्म मान्नेका लागि आआफ्नै प्रार्थना तथा पूजा गर्ने स्थान थिए । तर सन् १९६१ मा गोवा पोर्चुगलबाट मुक्त भएपछि भने निकै परिवर्तन हुन पुग्यो।
वीवीसीबाट