जेठ १६
भुकम्पबाट क्षति ग्रस्त भएका मकवानपुर जिल्लामा रु. १ अर्व भन्दा बढीको लागतमा ६ ओटा सामुदायिक विद्यालय र २ ओटा स्वास्थ्य चौकी निर्मा्ण कार्य सुरु भएको छ । यु.एस.आईडीको आर्थिक र प्राविधिक सहयोगमा मकवानपुरको दुर्गम तथा ग्रामिण क्षेत्रमा बेग्ला बेग्लै स्थानमा विद्यालय र स्वास्थ्य चौकी निर्माण हुन लागेको आज आयोजित समारोहमा बताईएको छ । मकवानपुर गढीको वडा नम्बर ७ मा रहेको जनता मा.वि को निर्माण हुने भवन सिलान्यासको कार्यक्रममा यु.एस.आईडीका डेपुटी डाइरेक्टर एड्रिएना हेड्सले जानकारी दिनु भयो ।
एड्रिएनाका अनुसार मकवानपुरमा महेन्द्र किरण मा.वि बसामाडी, भृकुटी मा.वि चुरियामाई, युग चेतन आधारभुत मा.वि, ज्ञान ज्योति मा.वि, वन देवि मा.वि र जनता मा.वि तथा सुकौरा स्वास्थ्य चौकी र काँकडा स्वास्थ्य चौकी भवन निर्माण हुने बताईएको छ । ति भवनहरु २०७७ बैसाखसम्ममा पुरा हुनेछ ।यु.एस.आईडीको नेपाल सामुदायिक पुननिर्माण परियोजना अन्र्तगत निर्माण सुरु भएको सो विद्यालय भवनको सिल्यान्यास हेटौंडा उपमहानगरका मेयर हरि बहादुर मभहतले गर्नु भएको थियो । उक्त सिल्यान्यास कार्यक्रम मकवानपुर गढी गा.पा को विदुर हुमागाईको अध्यक्षतामा भएको थियो ।