हेटौंडा,१४ जेठः
प्रदेश नंबर तीन सरकारले आउँदो आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत भएको छ ।

तीन नंबर प्रदेश प्रमुख अनुराधा कोइराला र प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज पालैपालो सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो । प्रस्तुत नीति तथा कार्यक्रलाई सत्तापक्षले समृद्धिको आधार बैज्ञानिक भएको ठहर गरेका छन् भने प्रतिपक्षले नारा नै नाराले भरिएका नीति तथा कार्यक्रम निबन्ध भएको आरोप लगाएका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका संसदिय दलका नेता ईन्द्र बहादुर बाँनियाले नारा नै नारा भएको नीति तथा कार्यक्रमलाई सरकारले कसरी लागु गर्छ भनेर हेर्न बाँकी रहेको प्रतिक्रिया समेत दिए ।

त्यसैगरी सभासद् रिना गुरुङले भने नीति तथा कार्यक्रममा खरको छानो हटाउने र बोक्साबोक्सी जस्ता शब्द प्रयोग भएकोमा पत्रकारहरुलाई प्रतिक्रिया दिंदै बिरोध जनाएका छन् । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश तीनका मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेशको सुरक्षा तथा आन्तरिक सुरक्षालाई मजवुत बनाउनको लागि प्रदेश अनुसन्धान ब्युरो बनाईने भएको बताईएको छ । मुख्यमन्त्री पौडेलले सार्वजनिक खरिद ऐनलाई थप ब्यवस्थित बनाउँदै प्रदेश सार्वजनिक खरिद ऐन बनाईने र पोष्टबहादुर भीमफेदी काठमाण्डौँ सुरुङमार्ग तथा पुष्पलाल प्रदेश चक्रपथ गौरबको योजना रहेको पनि बताईएको छ ।