जेठ १
मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर ३ स्थित वडा कार्यालय भवनमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र माईती नेपालको संयुक्त आयोजनमा “मानव बेचबिखन बिरुद्ध सचेतनामुलक कार्यक्रम सडक नाटक र र्‍याली कार्यक्रम’’ गरिएको छ ।

मगंलवार भएको कार्यक्रममा मनहरी गाउँपालिकाको उपप्रमुख मलिना विष्टको प्रमुख आतिथ्य,तथा प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठ, महेन्द्र माध्यमिक विद्यालयका प्रधानध्यापक, वडा अध्यक्ष, शक्ति समुह नेपाल, नारीसिप सृर्जना केन्द्रका प्रतिनिधि, संचारकर्मी ,समाजसेवी,सर्वसाधारण र महेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीहरुको समेत गरी २०० जनाको सहभागितामा सोे कार्यक्रम सम्पन्न भएको हो ।