बैशाख ३०
मनहरी गाउँपालिका ४ मसिने स्थीत पशुपति मा.बि चालु शैक्षिक सत्रबाट अंग्रेजी माध्यामबाट कक्षा सञ्चालनमा आएको छ । पछिल्लो समयको अभिभावकहरुमा नीजि बिद्यालय मात्र पढाई राम्रो हुने गलत मानसिकता भएकाले त्यसको अन्त्य गर्नको लागि बिद्यालयले अंग्रेजी माध्यामबाट कक्षा सुरु गरेको बिद्यालयका प्राधानाध्यापक भानुभक्त आचार्यले जानकारी दिए । हाल नर्सरी तथा एलकेजीको कक्षा सञ्चालन भइरहेको छ ।

आग्रजी माध्यममा हाल नर्ससरी र एलकेजीमा गरी ३० जना बिद्यार्थी अध्यायन गरिरहेका प्रधानध्यापक आचार्यले जानकारी दिए । अंग्रेजी माध्यमको कक्षा सञ्चालनको गरेको पहिले वर्षमै बिद्यार्थीहरुको सहभागीता आफुहरु निकै उत्साह रहेको प्रधानध्यापक आचार्यले बताए । सामुदायिक बिद्यालयमा पनि विना शुल्क राम्रो अंगेजी माध्यमको शिक्षा हासिल गर्न सक्ने भएकाले सम्पुर्ण अभिभावकहरुलाई मंहगो शुल्क तिरेर निजी बिद्यालयमा पढाउनु भन्दा सामुदायिक बिद्यालयमानै पढाउन आग्रह गरे । यो शैक्षिक शत्रबाट केही केही अनुभव हुने भएकाले आगामी शैक्षिक सत्रबाट भने अझै परिस्कृत ढंगले कक्षाहरु सञ्चालन गरिने समेत बताए