हेटौंडाः मनहरी गाउँपालिका वडा नम्बर–४ का विभिन्न स्थानका बाढी तथा पहिरो प्रभावितहरुको बस्ती स्थानन्तरणको लागि गाउँपाकिलाले कदम चालको छ ।
२०७४ सालको विनासकारी बाढी तथा पहिरोबाट प्रभावित त्यहाँका ३ सय ६५ घर धुरीको बस्ती बर्खाको समयमा अति जोखिममा परेका कारण बस्ती स्थानन्तरणको कदम चालेको बताइएको हो ।
बस्ती स्थानान्तरणमा लबिङका लागि गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीलाई प्रतिनिधीसभा सदस्य रामनारायण बिडारी तथा ३ नम्बर प्रदेशसभा सदस्य ओम घलानले पनि साथ दिइरहेका मनहरीबाट जयराम मोक्तानले जानकारी गराएका छन् । गाउँपालिकाको ४ नम्बर वडा अन्तरगत चिसापानी, चारपाखा, लामा पाखा तथा अजिंगरेका बसिन्दहरु प्राकृतिक विपद्को अति जोखिममा रहेका छन् ।
स्थानीय पीडित तथा स्थानीय जनप्रनिधीहरुको छलफलमा सुरक्षाको हिसावको ट्वाङग्र कबुलियति वन तथा कालिदमार पुच्छकारको खालि स्थानमा स्थानन्तरण गर्न सहमति भएको छ । यद्यपि केन्द सरकारबाट उपयुक्तको अधारमा स्थानको छनौट भइसकेपछि मात्र स्थानको टुङ्गो लाग्ने ४ नम्बर वडाध्यक्ष धु्रब खड्काले जानकारी दिए । उक्त स्थान पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएको कारण यो विषयमा संसदबाट पास भएर आएपछि मात्रै कार्यान्वयन हुने वडाध्यक्ष खड्काको भनाई छ ।