हेटौंडा,१९ बैशाखः यही बैशाख २३ गते नेपाल बन्दको विषयमा मिडियामा आएको खबर भ्रम भएको माओवादी जनमुक्ति सेना पार्टी नेपालले जनाएको छ ।
सो पार्टीका प्रवक्ता जितेन्द्रले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीले बन्दको कुनै कार्यक्रम नराखेको स्पष्ट पारेका हुन् ।
विभिन्न पत्रपत्रिका, सामाजिक सञ्जाल तथा संचारमाध्यमबाट बन्दको कुरा बाहिर आएकोले यसबारे स्पष्ट पारेको सो पार्टीका प्रवक्ताले जनाएका हुन् । प्रवक्ता जितेन्द्रले भनेका छन्, “२३ गते नेपाल बन्दका कुनै कार्यक्रम नरहेको सबै जनसमुदायमा विज्ञप्तिमार्फत स्पष्ट जानकारी गराउँदछौँ ।”