बैशाख ८
प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कर्मचारीको अभाबको कारण प्रदेश र स्थानिय सरकारले काम गर्न नसकेको बताउनु भएको छ ।
प्रशासकिय अदालत र उच्च स्तरिय प्रशासन सुधार कार्यंन्वयन तथा अनुगमन समिति काठमाण्डौंद्धारा आज यहाँ प्रशासकिय न्याय र सेवा प्रवाह विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले कर्मचारीको अभावको कारण प्रदेश र स्थानिय सरकारको काम लथालिङ्ग भएको छ । मुख्यमन्त्री पौडेलले प्रदेश सरकारसंग बजेट तथा साधन स्रोत छ तर कर्मचारी अभावको कारण विकास निर्माणको काम हुन सकेको छैन भन्नु भयो । कर्मचारी सरुवा भएर ंआउँछन्, जान्छन् तर प्रदेश सरकारलाई कुनै जानकारी हुँदैन भन्ने गुनासो राख्दै दर्जनौं स्थानिय निकाय कर्मचारी विहिन भएको छ । साथै उहाँले मुलुकको परिवर्तनशिल समयमा पनि कर्मचारीको काममाउत्तरदायित्व र जवाफदेहिता नआएको आरोप लगाउँदै कर्मचारीको काम र सोंचमा परिवर्तन आउनु पर्ने धारणा व्यक्त गर्नु भयो ।
प्रशासनविद एव् प्रशासकिय अदालतका अध्यक्ष काँसीराज दाहालले प्रशासनिक संगठन र संरचना त्यसको काम कर्तव्य र अधिकार तथा कर्मचारी र जनशक्तिको व्यवस्थापन र संयोजन नभएसम्म प्रशासनको सुधार नहुने बताउँदंै दिगो शान्ति र विकासका लागि सुशासन अत्यन्त आवश्यक भएको बताउँनु भयो । ३ नम्बर प्रदेशका मुख्यसचिव आन्दराज ढकालले प्रशासनिक संक्रमण हटाउन नसकेको कारण सुशासनमा समस्या आएको र आर्थिक समृद्धी हुन नसकेको विचार व्यक्त गर्नु भयो । उच्च अदालत पाटन हेटौंडा ईजलासका न्यायधिश टेकराज नेपालको अध्यक्षतामा भएको सो कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ र प्रशासकिय अदालतका रजिष्टार अच्युत कुईकेलले पनि प्रशासनिक समस्या बारे बोल्नु भएको थियो ।