हेटौंडा,५ बैशाखः मकवानपुर प्रहरीले आज २७० लिटर तयारी घरेलु मदिरा बरामद गरेको छ ।

बिहान करिब ६ बजेको समयमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ स्थित पूर्व–पश्चिम लोकमार्गमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले सवारी जाँचको क्रममा २७० लिटर अबैध तयारी घरेलु मदिरा फेला पारेको जनाएको हो ।

प्रहरीले आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय हेटौंडा पठाईएको प्रहरी निरीक्षक तथा जिप्रका मकवानपुरका प्रवक्ता सागर बिक्रम राणाले जानकारी दिए ।