हेटौंडा,५ बैशाखः हेटौंडामा रहेको शिवम् सिमेन्ट उद्योगले आफ्ना शेयर धनीहरुलाई ६९ करोड ४७ लाख रुपैयाँ बराबरको नगद लाभांस वितरण गर्ने जनाएको छ ।

उद्योगमा बसेको सञ्चालक समितिको बैठकले प्रतिशेयर १५ रुपैयाँ ७८ पैसाको दरले लाभांस वितरण गर्ने बताइएको छ ।

उद्योगका सचिव लेखनाथ अर्यालका अनुसार आर्थिक वर्ष २०७४÷०७५ को मुनाफा रकममध्ये उद्योगको चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँको प्रतिशेयरका दरले लाभांस वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश रकम वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिने बताइएको छ ।