हेटौंडा,५ बैशाखः भारत बिहारको रक्सौलबाट अमलेशगञ्जसम्म निर्माण भइरहेको पेट्रोलियम पाइपलाईन बिस्तारको कार्य अन्तिम चरणमा पुगेको छ ।
नेपालतर्फको ३६ किलोमिटर पाइपलाईन निर्माणको काममध्ये ८५ प्रतिशत काम पूरा भएको नेपाल आयल निगम अमलेशगञ्ज इन्धन डिपोले जनाएको हो । डिपोका अनुसार अहिलेसम्मका ३० किलोमिटर पाइपलाईन पूरा भएको र थप प्राविधिक काम भइरहेको छ ।
अहिले पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पाइपलाईनको काम भइरहेको छ । निकुञ्ज क्षेत्रको ९ किलोमिटर मध्ये २ किलोमिटर क्षेत्रमा पाइपलाईन बिछ्याउने काम भएको छ । रुख काट्ने, माटो खन्ने लगायतका कामहरु भइरहेको डिपोले जनाएको छ ।