बैशाख ४
गृहमन्त्री रामबहादुर थापा (बादल) ले संविधान र राज्य विरोधी तथा विखण्डनकारी तत्वलाई वर्तमान सरकारले नियन्त्रण गर्दै शान्ति सुरक्षाको कार्यलाई व्यवस्थित एव् प्रभाबकारी बनाएको बताउनु भएको छ ।
उहाँले गृहमन्त्रायद्धारा ३ नम्बर प्रदेश स्तरिय शान्ति सुरक्षा गोष्ठीको हेटौंडामा बुधबार उद्घाटन गर्ने कार्यक्रममा पत्रकारहरुसंग संक्षिप्त कुराकानी गर्दै सो बताउनु भएको हो । विकास एव् समवृद्धिका लागि शान्ति सुरक्षा अत्यन्त आवश्यक रहेको र त्यसतर्फ सरकार प्रतिवद्ध रहेको स्पष्ट पार्नुंभयो । देशमा चोरी तस्करी, गुण्डागर्दी, हिंसा र अपराध, भ्रष्टचार, अनियमितता लगायतका गैरकानुनी कामहरु नियन्त्रण गर्न सरकारले विशेष अभियान सुरु गरेको बताउँदै र त्यस कार्यमा सरकार सफल पनि हुँदै गएको र शान्ति सुरक्षामा सुधार आएको गृहमन्त्रीय थापाको दाबी रहेको छ । हिंसाको बाटो अपनाएका विप्लव समुहसंग वार्ता प्रक्रिया भईरहेको बताउँदै हिंसाको बाटो हिड्ने कसैलाई नछोड्ने उहाँले भन्नुभयो ।
पत्रकारको जिज्ञासामा नया प्रहरी एन नआएको अवस्थामा पुरानो प्रहरी एनको आधारमा संघ, प्रदेश र स्थानियले शान्ति सुरक्षको कार्य गरिरहेको छ भनि जानकारी दिनुभयो । पत्रकार सम्मेलन पश्चात गृहमत्री थापाले प्रदलेश स्तरिय सुरक्षा गोष्ठीयको उद्घाटन गर्नु भयो । गोष्ठीमा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, सशस्त्र प्रहरीका प्रमुख र नेपाली सेनाका उच्च पदस्थ पधाधिकारी लगायतका जिल्ला सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको छ । दई दिने गोष्ठीमा शान्ति सुरक्षका लागि जिल्ला र प्रदेशबाट समधान गर्न सकिने समस्या र चुनौतिका लागि एकिकृत अवधारणा बनाउन उदेश्य रहेको छ । गृहसचिव प्रमकुमार राईको अध्यक्षतामा सुरु भएको सो कार्यक्रममा आर्थिक अपराध, संघियता,संविधान विरोधी र सुशासन कायम गर्न र अपराध नियन्त्रण गर्ने विषयमा छलफल हुने बताईएको छ ।