हेटौडा,२६ चैत्र । नेपाल पर्यटन पत्रकार महासंघले मकवानपुर शाखा गठन गरेको छ। मकवानपुरमा रहेर विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुलाई समेट्दै महासंघले नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका पूर्व अध्यक्ष भानुभक्त आचार्यको अध्यक्षतामा तदर्थ समिति गठन गरेको हो। नेपालको पर्यटन क्षेत्रको प्रबद्र्धन गर्ने उद्देश्यमा लागिरहेको महासंघले मकवानपुरको पर्यटकीय क्षेत्र तथा त्यसको विकासमा सञ्चार माध्यमबाट टेवा पुर्याउने लक्ष्य रहेको तदर्थ समितिका अध्यक्ष आचार्यले जानकारी दिएका छन्।
शाखाको तदर्थ समितिमा उपाध्यक्ष देवराज पन्त, महिला उपाध्यक्ष नानीमैया विष्ट, सचिव विवश अधिकारी, सहसचिव अमृत चिमोरिया,कोषाध्यक्ष शुभलक्ष्मिी विश्वकर्मा, सदस्यहरु अशोक सुजन श्रेष्ठ, प्रकाश दहाल, नानीमैया सापकोटा र मञ्जरी बलामी रहेका छन्। शाखाको आजै बसेको बैठकले भानुभक्त आचार्य, नानीमैया विष्ट र कृष्ण सारु मगर महासंघको प्रदेश प्रतिनिधिका रुपमा समेत चयन गरेको छ। तदर्थ समितिले छिटै नै भेलाको आयोजना गरिने बताइएको छ।