हेटौंडा,१९ चैत्रः नेपाल कम्युनिष्ट पार्टी (नेकपा), मकवानपुरको शीर्ष तहका उपलब्ध नेताहरुको आकस्मिक बैठकले तराईका हावाहुरी प्रभावित क्षेत्रका लागि सहयोग संकलन गर्ने निर्णय गरेको छ ।
आज हेटौंडामा बसेको नेकपाको बैठकले चैत्र १७ गते राती प्रदेश २ अन्तर्गत बरा र पर्सा जिल्लामा ठूलो जनधनको क्षति हुने गरी आएको हावाहुरीको घटनाका प्रभावितलाई सहयोग गर्ने निर्णय गरेको हो ।
बैठकले सो घटनामा निधन हुनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै, हावाहुरी प्रभावित क्षेत्रका नागरिकलाई सहयोगका लागि पार्टीले आफ्ना सबै वडा, गाउँ तथा नगर कमिटी, जिल्लाका कार्यकर्ता, शुभेच्छुकहरुमा अपील गरेको छ ।