१९ चैंत्र
स्वदेशी उद्योगको प्रोत्साहन गर्ने उदेश्यले मकवानपुर उद्योग वाण्ज्यि संघ हेटौंडाद्धारा हेटौंडा २ स्थित पल्पसा हलमा आयोजित वृहत जुत्ता चप्पल मेलामा रु १ करोड ५ लाख मुल्य बराबरको कारोबार भएको छ ।
यही फागुन २८ गते देखि चैत्र २३ गतेसम्म सञ्चालन हुने सो मेलामा आजसम्म ९० हजार व्यक्तिले मेलाको अवलोकन, निरिक्षण तथा आवश्यक जानकारी लिएको मेलाको संयोजक होमनाथ उपाध्यायले जानकारी दिनु भयो । मेलामा महिला, पुरुष तथा बालबालिकाका लागि गुणस्तरिय, भरपर्दो र टिकाउ पार्टी सुज, स्कुल सुज, स्पोर्ट सुज, हवाई चप्पल, छालाका वेल्ट तथा विभिन्न किसिमका छाला जन्य जुत्ता चप्पल विक्री वितरण भईरहेको छ ।
मेला आयोजकका अनुसार १५ प्रतिशत देखि ६० प्रतिशत छुटको व्यवस्था रहेको हँुदा बजारको तुलनामा अत्यन्त सस्तो रहेको बताईएको छ । मेलामा वि.एफ डियरहिल,क्रसरोड सुज रन सुूज, रायल सुज,कोसेली सुज, हाईलाईफ सुज तथा सुल्याण्ड सुज लगायतका उद्योगहरुद्धारा उत्पादित विभिन्न किसिमका जुत्ता चप्पल विक्रि गरिएका मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्ष कृष्ण कट्वालले बताउनु भयो ।