१९ चैत
बारामा भएको आँधीबेरी पीडितलाई ३ नम्बर प्रदेश सरकाले सहयोग गर्ने मुख्यमन्त्री डोरमणि पौडेलले बताउनुभएको छ ।

आँधीग्रस्त क्षेत्रको प्रत्यक्ष निरीक्षणका क्रममा पिडितहरुसंग कुराकानी गर्दै मुख्यमन्त्री पौडेलले विपद्कोे घडीमा सहयोग गरिने बताउनु भएको हो । पौडेलले तत्कालको राहत तथा पीडित जनताको पुनस्र्थापनाका लागि दिर्घकालिन व्यबस्थापनमा पनि सहयोग गर्ने उहाँको भनाई थियो । अवलोकन गरी फर्कनु भएका मुख्यमन्त्री पौडेलले घटनालाई दर्दनाक र त्रासदीपुर्ण प्राकृतिक विपत भएको बताउदै पीडितको व्यवस्थापनमा प्रदेशले के गर्न सक्छ छलफल पछि बताउने जानकारी दिनुभयो ।

सामाजिक विकास मन्त्री युवराज दुलालले प्रदेश ३ सरकारले आवश्यक औषधी उपचार सहित डाक्टर तथा स्वस्थ्यकर्मीहरुको टोली पठाएको र उनीहरुले बाराको अस्पतालबाट घाइते तथा बिरामीहरुको उपचार गरी रहेको बताउनु भयो । मुख्यमन्त्रीसंग प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेल , सामाजिक विकास मन्त्री युवराज दुलाल, प्रदेश सभा सदस्य दीपक निरौला लगायतका प्रभावित व्यक्तित्वहरुले घटना स्थलको अवलोकन तथा बाराको कलैया अस्पताल र पर्साको नेशनल मेडिकल कलेजनमा गएर घाइतेहरुसंग भेट्नु भएको थियो ।