हेटौंडा, १८ चैत्र
प्राकृतिक प्रकोपको कारण विभिन्न संकटहरु हामी बारम्वार झेलिरहेका छौं । कहिले भुकम्पले भयानक धनजनको क्षति बेहोर्न बाध्य बनाए भने कहिले बाढी र पहिरोका कारण देश शोकमग्न बनाए । यसै गरि फेरी चैत्र १७ गते आइतबार अकास्मात आएको आँधीहुरीबाट वारा र पर्सामा नगन्य रुपमा धनजनको क्षति हुन पुगेको छ ।

भुकम्प पिडितहरुले पुर्णरुपमा राहात प्राप्त गर्न नपाउँदै फेरी अर्को क्षति सामना गर्नु परेको विडम्वना छ । यति खेर देशले भुकम्प लगायत बाढी पहिरोले पुर्याएको क्षतिको धाउ पुर्न नपाउँदै फेरी अर्को बज्रपात आईपरेका छन् । यस्तो प्राकृतिक संकटले बारम्बार हामीलाई शोकमा पारिरहन्छ तर यो विषयमा सम्बन्धित निकाय गम्भिर भएको देखिएन । यदि यो विषयमा गम्भिर भएको हो भने एउटै प्रकृतिको घटनाबाट धनजनको क्षति राष्ट्रले सामना गर्नु पर्ने थिएन होला ।

सरकार पक्षले सम्भावित भईपरी आउने प्राकृतिक संकटप्रति सावधान आपनाउन सकिने खालको प्राविधिक विषयहरुको जनशक्ति भए पनि परिचालन भएको देखिएन । मौसमविदहरुद्धारा मौसम फेरबदलका सूचनाहरु प्रभावकारी रुपमा आउन सकेको भए तराईले आईतवारको आँधिवेरीबाट यति धेरै जनधनको क्षति हुने थिएन कि ? सरकार लगायत सम्बन्धित सबैलाई यो घटनाले गम्भिर बनाएको छ ।

सवै निकायहरुद्धारा पहल गरी आवश्यक सेवासुविधाहरु उपलब्ध गरी पिडितहरुको उद्धार कार्यमा लागौं । आगामी दिनहरुमा यस्तो घटनाबाट हुने धनजनको क्षतिको न्यूनिकण गर्ने विकल्पहरुको खोजी गर्न सरकार गम्भिर भएर लाग्न आवश्यक रहेको देखिन्छ ।