हेटौंडा,१६ चैत्र । ३ नम्बर प्रदेशको प्रदेश नीति तथा योजना आयोगमा २ जना सदस्यहरु नियुक्त गरिएको छ । बुधबार बसेको ३ नम्बर प्रदेशको मन्त्रिपरिषदको बैठकले अरु दुईजना सदस्य थप्ने निर्णय गरेको हो । यसअघि आयोगको उपाध्यक्षमा डा. खिमलाल देबकोटा र सदस्यमा श्याम बस्नेतलाई मात्र नियुक्त गरिएको थियो ।
प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले नीति तथा योजना आयोगको सदस्यहरुमा डा.रेणु राजभण्डारी र डा. रामचन्द्र ढकाल नियुक्त गरेको हो । नीति तथा योजना आयोगको अध्यक्षमा मुख्यमन्त्री रहने पदेन व्यबस्था छ ।