हटौंडा, ११ चैत्र
२०७२ सालमा गएको भुकम्पको कारण क्षतिग्रस्त भएका भवन लगायतका भौतिक संरचनाको पुन जाँच एव् सर्वेक्षण हुने भएको छ ।
२०७४ मा क्षतिग्रस्त भएका संरचनाको जाँच नगराएको तथा छुट भएका पिडितहरुको गुनासोको आधारमा पुन सर्वेक्षण हुने बताई्रएको छ । पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइ मकवानपुरले सूचना जारी गरी यही चैत्र १५ गते देखि छुटपुट भएका भुकम्प पिडितहरुको जाँच हुने बताईएको छ । मकवानपुर जिल्लामा करिब छुटेका भुकम्प पिडितको संख्या १० हजार घर परिवार रहेको छ । उनीहरुको गुनासो समेत रहेकाले अन्तिम पटक पुन सर्वेक्षण गर्न लागिएको उक्त आयोजनाका मकवानपुर प्रमुख सोम लाल तिमल्सिनाले जानकारी दिनुभयो ।
जिल्लामा हालसम्म गुनासो गर्नेको संख्या करिब ३४ हजार रहेको र पहिचान भएका मध्ये २८ हजार परिवारसंग पुननिर्माणको सम्झौता भईसकेको छ । थप १० हजार घर परिवारको सर्वेक्षण हुने भएको छ । हालसम्म मकवानपुर जिल्लामा १२ हजार घर पुननिर्माण कार्य सम्पन्न भैसकेको छ भने करिब २ हजार घर परिवारले पहिलो किस्ताको रकम बुझिसकेको बताईएको छ । उता सुकुम्बासीको हकमा आफ्नो जग्गा नभएको कारण भुकम्पबाट पिडित भए पनि क्षतिपुर्ति लिन असहज भएको बताईन्छ । मकवानपुरको उत्तरी क्षेत्रमा बढी क्षति भएको थियो । आयोजनाको काममा ढिलाई भउको गुनासो ब्यापक आएको छ ।