काठमाडौं,७ चैत्र । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको सांगठनिक एकीकरणको काम अनावश्यक रुपमा लम्ब्याइएको टिप्पणी गरेका छन् । वरिष्ठ नेता नेपालले पार्टीको तल्लो तहसम्मको एकीकरणको काम लम्ब्याइएकोमा आफू चिन्तित रहेको र पार्टीका कार्यकर्ताहरुमा निराशा छाएको पनि स्पष्ट पारे । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि संचारकर्मीसँग कुन गर्दै उनले अठोटका साथ काम गरे एक महिना भित्र पार्टीको तल्लो तहसम्मको एकीकरणको काम टुंगो लाग्ने पनि दोहोर्‍याए।