हेटौंडाः फागु पुर्णिमा नजिकिएसँगै हेटौंडा बजारमा होलीमा प्रयोग हुने सामग्रीको बिक्री बढेको छ । केही दिनयता बजारमा ‘ह्याप्पी होली’ लेखिएका टिसर्ट, रंग र पिच्कारी लगायत होलीमा प्रयोग गरिने सामग्रीको बिक्री वितरण बढेको हो ।

हेटौंडा बजारका व्यवसायीहरुले आफ्नो पसलबाहिर होलीमा प्रयोग हुने रंग लगायतका सामग्री बिक्री वितरणका लागि राखेका छन् ।

यसपटक होली पुर्णिमा (चैत्र ६ गते) परेको छ भने त्यसको भोलीपल्ट अर्थात् चैत्र ७ गते तराई मधेसमा होली मनाइन्छ । मिश्रित बसोबास रहेको हेटौंडामा भने केहीले होली पुर्णिमाको दिन त केहीले भोलीपल्ट होली मनाउँदा दुईदिन नै दिन होली खेल्ने गरिन्छ ।