:जीवन गैरे
हेटौंडा, ३ चैत्र
नेपालको अर्थिक र सामाजिक परिर्वतनको खम्बाको रुपमा मानिने वैदेशिक रोजगार मृत्युको बाटो बन्दै गईरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा दैनिक रुपमा चार, पाँच ओटा शव बाकसमा आएको हिर्दय बिधारक दृश्य देख्दा मन बिक्षिप्त बनाउछ । घर परिवारको भविष्य बनाउन गएका धेरै यूवाहरुको ज्यान जानुको कारण धेरै छन् । विकसित देशहरुमा गाडी दुर्घटनाबाट पनि धेरै मृत्यु हुने गरेकाले एउटा मुख्य कारण बनेको छ ।
वैदेशिक रोजगार धेरैको बाध्यता हो, तर खतरापूर्ण ढंगबाट बैदेशिक रोजगारकै लागि खाँडीमुलुकमा कम मुल्यमा श्रम बेच्न बाध्य रहेको नेपाली यूवाको छुट्टै व्यथा रहेको छ । आफुमाथि श्रम शोषण भएको महसुस हुँदा पनि अरु विकल्प स्वदेशमा नदेखेसी विवसतामा परेको धेरै जसोको गुनासो सामाजिक सञ्जाल, संचार मिडिया र सुमुदायमा हामी देखिरहेको र सुनिरहेका छौँ । बैदेशिक रोजगारको समस्या दिनघरी दिनघरी जटिल बन्दै गईरहेको अबस्थामा यो विषयमा सरकार पक्ष जत्ति गम्भिर हुनु पथ्र्यो त्यति गम्भिर भएको देखिदैन । यस्तै यो आर्थिक बर्षको आठ महिनामा ५२४ जना (५०८ जना पुरुष र १६ जना महिला )कामदारको शव नेपाल आउनु अति दु;खत कुरा हो ।
यस्तै यहि आर्थिक बर्षमा २०१ जना भन्दा बढी अङ्गभङ्ग भएको तथ्य श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले दिएको छ । यस्तो तथ्याङक देख्दा लाग्दछ, नेपालको दक्षजनशक्ति केही सिप सिकेर फर्केर नेपालमै केही गर्नु भन्दा पनि नेपालको विकाश र सम्बृद्धिको दियोे विदेशमा नै निभ्ने देखिन्छ । वैदेशिक रोजगारीमा जाने धेरै व्यक्तिहरुमा श्रम गर्ने जाने देशको नियम, कानुनको ज्ञान नहुनु । सिपको नक्कली प्रमाण पत्र बनाई श्रमको लागि विदेशिनु, आत्म हत्या, सामान्य कुराहरुमा बाटो क्रस गर्दा, एसी र शरीर तापक्रमको सन्तुलनमा राख्न नजान्नु, आफूले नजानेको यन्त्रहरु प्रयोग गर्नु , मेसिनको प्रयोग गर्दा हेलचक्राँई गर्नु, ओभर टाईम काम गर्दा शारिरिक आरम नहुनु, खानपानमा ध्यान नदिनु, स्वस्थ्य परिक्षण नगर्नु, लगाएतका कुराहरुले गर्दा ज्यानै जाने र शारिरिक रुपमा नै अशक्त हुने समस्या अधिकांस वैदेशिक रोजगारीमा जानेहरुको मुख्य समस्या देखिन्छ । धेरै जसो नेपाली कामदारको मृत्युको कारण सडक दुर्घटना, ह्रर्दयघात र आत्महत्या देखिन्छ ।
यसरी हेर्दा विदेशमा श्रम बेचेर कमाएको रेमिट्यान्सबाट चलेको सरकारले वैदेशिक रोजगारीमा जाने कामदारलाई माथि उल्लेखित कुराहरुमा ध्यान पुर्याउनको लागि उचित तालिमको व्यवस्था गनू आवश्यक रहेको छ । यस्तै घर परिवारको भूमिका झन धेरै हुने नै भयो । घरायसी कुरामा बढी तनाब सृजना नगराउने, धेरै पानी पिउन लगाउनु, समयसमयमा खानपानमा ध्यान दिन लगाउने, बेला बेला स्वस्थ्या परिक्षण गर्न लागाउने, काममा भन्दा शरिर र स्वस्थ्यामा ध्यान दिन लगाउने । यस्ता कुराहरुमा ध्यान पुयाउन सकेमा ससाना बालबालिकाहरु टुहुरा हुन रोकिन सक्छ , ऋण र्तिन छोराको बाटो हेरेका बाआमाको छोरो फर्किएर आउला, बर्षै देखि मोबाइलमा हेरेको बाबाको अनुहार छोराछोरीले प्रत्येक्ष हेर्नपाउलान, मदन कुरेर बसेकि मुनाले आफ्नोे मदन पाउली ।।।
सानोठिमी क्याम्पस भक्तपुर