काठ्माडौं,१ चैत्र । नेपालको एक भुस्याहा कुकुरले बिना कुनै सहायता आफैँले २४ हजार फिटको हिमाल चढ्यो । यो देखेर पर्यटकहरुले आश्चर्य व्यक्त गरेका छन् । त्यहा अवस्थित पर्वतकै नाम ‘मिरा’ दिइएको सो कुकुरले सगरमाथा नजिकको बरुणत्से चढिसकेपछि पनि सहज रुपमा यताउती दौडिएर सबैलाई चकित पारेको हो ।
मिराले अमेरिकाको सिएटलदेखि भ्रमणका लागि आएका वारगोस्कीको पर्वतारोही टोलीसँगै तीन हप्ता हिमाल चढेको हो। यसरी वारगोस्कीसँगै रहेका गाइडहरुले समेत कुकुरले त्यतिको उचाइ पार गरेको कहिल्यै नदेखेको बताएका छन्। वास्तवमा वारगोस्की र उनको टोली बरुणत्सेको आरोहरण गर्दैगर्दा १७ हजार फिट माथिबाट कुकुरले उनीहरुलाई पछ्याउन सुरु गरेको थियो। तर केही समय पछि लागेपनि टुप्पोसम्मै सँगसँगै आउने अपेक्षा नगरेको उनीहरुले बताए ।