टंक तामाङ: कैलास गाउँपालिका अध्यक्ष
हेटौंडा, ३० फागुन
विरोधको तौरतरिकाहरु गलत हो,तर सरकार खुरापातीहरुको पर्खालको घेराभित्र बसेर विप्लव राजनीतिक चेत हो भन्ने कुरालाई बिर्सिदिने हो भने समस्या झनझन जटिल बन्दै जान्छ ।
के सही के गलत भन्ने कुरा समयमा नै जनतालाई बुझाउन जरुरी छ, विप्लव के मा चुक्दै छ र सरकार केमा चुकिरहेको छ भन्ने कुरा सचेत जनताले प्रत्यक्ष निगरानी गरिरहेको छ । बल, तुजुक र घमण्डले चल्न खोज्नेको भविष्य आफैले छोट्याउँछन् भन्ने कुरा सम्झे हुन्छ । राजनीतिक मुद्धा राजनीतिक ढंगले समाधान गर्नु पर्छ ।यस्तो सिंगुरी खेल्ने बेला होईन, जनता परिवर्तन चाहान्छन् यो सरकारले जनताई परिवर्तनको अनुभुति दिन सक्नु पर्छ ।
जनताका असिम चाहानाहरु छन् त्यसलाई पुरा गर्दै जाने लयाजना निर्माण गरेर जनतालाई आस्वस्त पार्न सक्नु पर्छ । सरकारले र विप्लवले पनि जनताका भावनाको तिरस्कार गर्नु हुदैंन, कुनै पनि कुरा छुमन्तरले समाधान कुदैन र राजनैतिक व्यक्तिक यान्त्रिक सोँचबाट मुक्त हुनुपर्छ । विप्लवले उठाएको कयौं कुराहरु सही पनि छ,तर फुल नफुलिकन फल लाग्दैन भन्ने कुरालाई विर्सनु हुँदैन । अब विप्लवले पनि आफ्नो राजनीतिक एजेण्डा जाताको माझ प्रष्ट रुपमा राखेर आउनु पर्छ । जनतालाई बुझाउनु पर्छ अनि वार्ताद्धारा समस्यको समाधान गर्न जनताले सरकार र विप्लवलाई नैंतिक दवाव सृजना गर्न र चाडैं समस्या समाधानको बाटो तय गर्न सजिलो होला ।