हेटौंडा,२९ फागुनः
हेटौंडामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा सञ्चालित हेटौंडा आईडलको उपाधी दिपक कालिराजले जितेका छन् ।
पाँचजना प्रतिस्पर्धीलाई पराजित गर्दै कालिराजले हेटौंडा आईडलकोे उपाधि जितेका हुन् । त्यसैगरी विजय लामा दोस्रो तथा शुसान शाही ठकुरी तेस्रो भएका छन् ।
आईडलमा प्रथम हुनेले नगद ३५ हजार सहित ५ हजार बराबरको चन्द्रागिरी केबलकार टिकेट, द्वितीय हुनेले नगद २५ हजार रुपैयाँसहित ५ हजार बराबरको चन्द्रागिरी केबलकार टिकेट र तृतीय हुनेले नगद १५ हजार सहित ५ हजार बराबरको चन्द्रागिरी केबलकार टिकेट प्राप्त गरेका छन् ।
प्रथम हुनेलाई मेलामा राखेका स्टलवालाहरुबाट पनि जिन्सी सामान पुरस्कारहरु रहेका छन् । आईडललाई वोन ट्राभल्सको तर्फबाट युएई (दुबई) आउने-जाने टिकटको व्यवस्था समेत गरिएको छ ।