हेटौंडा, २९ फागुन
महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–४ रामनगरमा आगलागी हुँदा रु सात लाख भन्दाबढीको क्षति भएको छ ।

बस्तीका ठाकुर बडहीको घरमा आज विद्युत सट भई आगलागी हुँदा लत्ताकपडा, धातुका भाँडाकुँडा र गरगहना जलेर नष्ट हुँदा रु सात लाख बढीको नोक्सान भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

आगलागी हुनासाथ सीतापुर प्रहरी चौकीबाट पुगेको प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रण लिएका छ । घटनामा मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।