हेटौंडा, २९ फागुन
मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा भएको राष्ट्रिय औद्योगिक व्यापार मेला मगंलवार समापन भएको छ ।

फागुन १८ गते ३ नम्बर प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेलद्धारा उद्घाटन भएका मेला मगंलवार प्रदेश ३ का प्रतिपक्ष दलका नेता एवम् सासंद ईन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यमा समापन भएको हो । कार्यक्रममा बोल्दै मेला सफल भएको शुभकामना सहित हेटौंडाबाट प्रदेशको राजधानी नसर्ने प्रतिवद्धता पनि सासंद बानियाँले गरेका छन् । उनले मिलेर प्रदेश विकासमा सबै उद्योगी व्यवसायी लाग्नुपर्नेमा पनि जोड दिए ।

उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा संघका प्रवक्ता तथा सचिव काव्यमणि अधिकारीले मेलाको आर्थिक कारोवार र मेला अवलोकन कर्ताको डाटा प्रस्तुत गरेका हुन् । सचिव अधिकारीका अनुसार मेलामा ५ करोड बराबरको कारोबार भएको र १ लाख दर्शकले अवलोकन गरेको जानकारी बताईएका छन् ।

उक्त कार्यक्रममा प्रदेश सांसद प्रेम बहादुर पुलामी एवम् अर्का सांसद सन्त चेपाङ लगायत जिल्ला समन्वय समितिका उपप्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना लामा, नेपाल उद्योग वाणिज्य महासंघ केन्दीय सदस्य राजकुमार न्यौपाने, नेपाल उद्योग वाणिज्य महासंघ केन्दीय सदस्य अरुणराज सुमार्गी, नेपाली कांग्रेस मकवानपुरका कोषाध्यक्ष गोपीलाल विश्वकर्मा,राप्रपा मकवानपुरका अध्यक्ष मधु अधिकारीको उपस्थित रहेको थियो ।