काठमाडौं,२८ फागुन । भुटानमाथि जित निकाल्दै नेपाली राष्ट्रिय महिला फुटबल टोलीले पाँचौं महिला साफ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। घरेलु मैदानमा आजदेखी सुरु च्याम्पियनसिपमा नेपालले उद्घाटन खेलमै भुटानमाथि ३-० को जित निकालेको हो। नेपालको जितमा कप्तान निरु थापा,साबित्रा भण्डारी र मन्जली योन्जनले गोल गरे।

विराटनगरस्थित सहिद रंगशालामा ४-४-२ फरमेसनमा मैदानमा उत्रिएको नेपालले पहिलो हाफमा दुई गोल गरेको हो भने दोस्रो हाफमा १ गोल थपेको थियो। नेपालका लागि पहिलो गोल मन्जली कुमारी योन्जनले गरेकी थिइन ।