हेटौंडा,२८ फागुन
मकवानपुरको मकानपुरगढी गाउँपालिका वडा नंबर २ चैनपुरमा जन्तीवस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको जिल्लमा प्रहरी मकवानपुरले जनाएको छ । भक्तपुरबाटजन्ती बोकेर हेटौँडा आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस कान्तिलोक मार्ग अन्तर्गत मकवानपुरको गढी गाउँपालिका २ चैनपुरमा दुर्घटना भएको बताईएको छ ।
दुर्घटनामा परि १७ जना घाईते भएका छन भने ५ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यायबाट बुझिएको छ । बस सडकबाट तल खसेको र हाल उद्धारकार्य जारी रहेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ । घाईतेहरुलाई उपचारको लगि हेटौंडा अस्पतालमा लगिएको छ । दुर्घटना दिउँसो करिब २ बजे भएको हो ।