हेटौंडा,२७ फागुन
. जीवन गैरे
नेल्सन मन्डेलाले भनेका छन “ शिक्षा संसार परिवर्तन गर्न प्रयोग गरिने सबैभन्दा शक्तिशाली हतियार हो ।” हो शिक्षाले संसार परिवर्तन गर्न सक्ने शक्ति बोकेको हुन्छ । विश्वको इतिहास होस वा नेपालको इतिहास शिक्षा कै कारणले विकासको चरम अवस्थामा आएको छ । राजनैतिक, सामाजिक वा अन्य परिवर्तनमा शिक्षाले नै महत्वपूर्ण भुमिका खेलेका छन् । विश्वको सबै शक्तिसम्पन्न राष्टहरुमा व्यवस्थित शिक्षा नीतिले तिव्र रुपमा शिक्षित जमातको उत्पादन हुनुलाई अस्विकार गर्न सकिन्न वास्तवमै मान्ने हो भने ,शैक्षिक उपज मान्न सकिन्छ । शिक्षाको महत्व विश्वले बुझेका छन् तर नेपालको सन्दर्भमा भन्ने हो भने महत्व नबुझेका होईनन तर शिक्षा नीतिलाई भने जस्तो व्यवस्थित गरेको पनि देखिन्न । अहिलेको अवस्थामा शिक्षित वर्गमा नै धेरै विकृति विसंगति आएको देखिन्छ । शैक्षिक वर्गहरु भित्रै शैक्षिक माफियाहरुको सक्रियता रहेकोे हामीले पाईरहेका छौं ।


सायद देशको विकाशको आधार मानिने शिक्षित युवाहरु विदशिएर नै देशको अवस्था यस्तो भएका होला । त्यती मात्र होइन बेला बेला समाचार सुन्न पाइन्छ सरकारी कर्मचारीहरुमा विदेशिने रहर देख्दा साँची नै शिक्षामा नै कमजोरी भएको जस्तो देखिन्छ । विदेशिने रहर सबैको नहुन सक्छ, आर्थिक अवस्था कमजोर भएकै कारण विदेशिन बाध्य भएका हुन् । खाडी मुलसकहरु दुवई, कातार, मलेसिया लगायतका कम लगानी लगाएर जानेहरुको बाध्यता बेग्लै छ, तर १० लाख भन्दा अधिकतम खर्च गरेरै विदेशिनेहरुलाई स्वदेश मै लगानी गरेर केही गरौं भन्ने ज्ञान नेपालको शिक्षा नीतिले समेट्न नसक्नु दुर्भाग्या नै मान्नु पर्दछ । १०,१५,२० लाख भन्दा बढी लगानी गरेर नेपालमै केही गर्ने वातावरण सिर्जना सरकारले गरिदिनु पर्ने पक्ष त छदैछ, तर पनि यहाँको शिक्षित मानिने, धेरै जसोका छोरा छोरीलाई विकसित राष्ट्र मानिने पश्चिमा देशप्रति लालहित हुनु नै देशको लागि दुर्भाग्य हो । नेपालका धेरै जासो शिक्षित वर्ग विदेश गएर के काम गर्छन भन्ने कुरामा पनि बहस गरिनु पर्छ । देशमा केही नगर्नेहरु विदेशमा जे काम पनि गर्न सक्नेले आफ्नै देशमा काम गर्न नसक्नु शिक्षाले गराएकै हो, किन भने नपढेकाले यहाँ जस्तो सुकै पनि काम गरेको हामीले देख्न सक्छै । तर शिक्षित वर्गलाई शिक्षाले नै रोकेको देखिनु सायद नेपालीको ज्ञानकै अभावले पक्कै हो, नत्र नपढेकाले गर्ने काम शिक्षित भनैदाहरुहरुले नगर्नु नै शिक्षाले गर्दा हो भन्दा फरक नपर्ला ।


यस्तै शिक्षामा नैतिकताको कुरा गर्दा हालत त्यही छ, शिक्षितले नै भ्रष्टचार गर्छन, झुट बोल्छन । करोडौ पैसा बिना लगानी कुम्ल्यउछन् । धेरै जसो सरकारी कार्यलयको हालत त्यस्तै छ । स साना काम गर्न लेखनदासहरुको सहयोग चाहिने वातावरण कार्यलयका कर्मचारीले बनाउछन । कार्यलयमा एउटा पिन देखि सबै समानमा कमिसनको खेल, ठेक्कापट्टामा समेत मोलमोलाई हुन्छ । मन्दीर, विद्यालय होस या अन्य सार्वजनिक कार्यलयहरु निर्माणमा लगभग सबै तह र तप्कामा भएको भ्रष्ट्रचार सबै शिक्षितले नै गर्ने हुन् । पहिले परापूर्वकालमा धर्म कै कारण गलत कार्यहरु गर्न डराउने गर्दथे । तर अहिले त्यहि धर्म नै अम्दानीको बाटो बनेको छ । शिक्षित मान्छे नै हुन जो एनजियो र आइएनजिओको नाममा आएको पैसा एक तिहाइ खर्च गरी अरु सबै पाँचतारे होटलकै कार्यक्रमको बील बनेर सकिन्छ । यदि अहिलेसम्मको सबै बजेट र एनजिओ र आइएनजिओको पैसा सबै जनतालाई एक एक करोड दिन पुग्दथियो । यस्तौ कारणले नै देशमा राजनैतिक परिर्वतन भन्दा खासै देखिएको छैन । आठ दश जना नेता र आठ दश प्रतिशतसंग भएको सम्पत्ति नै देश चल्ने र चलाउने माध्यम बनेको छ । यस्तै कारणले नै होला भ्रष्ट्रचारमा तेस्रो भएको देश । यो सबै शिक्षितले गर्दा भएको काम हो । शिक्षित वर्गमा एक दुई जना बेला बेला आवाज उठाउँछन र आफ्नो स्वर्थ पूरा गरेर चुप लाग्छन । सायद अबको शिक्षाले रोजगारीको सिर्जना मात्र नभई राष्ट्रयता र नैतिकवान बन्न सक्ने हतियार बन्न सकोस भन्ने धारणा हो।
अखिल (क्रान्तिकारी) भक्तपुर सानोठिमी क्याम्पस भक्तपुर