हेटौंडाः मकवानपुरको पूर्वी क्षेत्रमा रहेको बकैया गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संयुक्त कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम भएको छ ।
समसामयिक राजनीतिक विषयमा कार्यकर्तालाई अपडेट गराउने उद्देश्यका साथ कार्यक्रम भएको सो पार्टीले जनाएको छ ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहाल, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, अनेमसंघ क्रान्तिकारीका जिल्ला अध्यक्ष लक्ष्मी पाख्रिन, नेकपाका दलबहादुर लामा, लोकनाथ गौतम, कृष्णप्रसाद चौलागाई, पदमा पौडेल, वाइसिएलका जिल्ला इञ्चार्ज जीवन गोले लगायत नेकपाका नेताहरु उपस्थित भई कार्यकर्तालाई प्रशिक्षण दिइएको हो ।
नेकपा बकैया गाउँपालिका कमिटीले प्रशिक्षण तथा कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गरेको थियो ।