हेटौंडा, २५ फागुन
शनिवार बिहान ८ः३० बजे जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरिक्षक चन्द्र नारायण त्रीपाठीको कमाण्डमा खटिएको प्रहरी टोलीले मकवानपुर हेटौडा उप–महानगरपालिका वडा नं. १० बसपार्क स्थित लागु औंषधसहित एक जना पक्राउ गरेको छ ।

बिरगंजबाट गोरखातर्फ जादै गरेको ग.१ ख ५६७३ नं. को बसलाई रोकी चेकजाँच गर्ने क्रममा जिल्ला लमजुङ्ग राईनास नगरपालिका वडा नं.३ बस्ने बर्ष १९ को शिशिर बोगटी पक्राउ परेको हो । बोगटीको शरिर खानतलासी गर्दा पेट र ढाडको भागमा कागजमा राखी टेपले टाली लुकाई छिपाई ल्याएको लागू औषध डाईजेल्याब ३६ एम्पुल, ब्यूनोर्फिन ,३६ एम्पुल र फेनारगन प्रहरीले बरामद गरेको हो । आवश्यक छानविन भईरहेको प्रहरीले जनाएको छ ।