हेटौंडाः नेपालमा जलवायु परिवर्तनका सम्बन्धमा आज हेटौंडामाा कार्यक्रम गरिएको छ ।

कार्यक्रममा तीन नम्बर प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव शिबकुमार वाग्ले, कृषि तथा वन विश्व विद्यालय हेटौंडाका डीन डाक्टर बलराम भट्ट, स्वच्छ उर्जा नेपालका बोर्ड सदस्य मन्जीत ढकाल, पोखरा विश्वविद्यालयका प्राध्यापक संजयनाथ खनाल, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक सुदिप ठकुरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

स्वच्छता नेपालको आयोजनामा कार्यक्रम आयोजना भएको हो । कार्यक्रममा सहभागी ८ जनाले विभिन्न विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।