हेटौंडा, फागुन २३
आन्तरिक राजस्व कार्यलय हेटौंडाले कर (राजस्व) छल्ने विरुद्ध अनुगमन कार्यतिव्र पारिएको छ । मकवानपुरको हेटौंडा लगायत शहरी र ग्रामिण वजार क्षेत्रमा रहेका औंद्योगिक व्यापारिक तथा व्यवसायिक प्रतिष्ठानमा कार्यलयबाट अधिकृत स्तरको नेतृत्वमा टोलि खटाई फर्महरुको जाँच तथा अनुगमन गर्ने गरेको प्रमुख कर अधिकृत सन्त बहादुर ढकालले बताउनु भयो । करको दायरामा नआएको र भ्याट छल्नेमाथि अनुगमनको साथै कर तथा शिक्षा चेतना अभियान पनि अगाडी बढाईएको उहाँले भन्नु भयो । कार्यलयबाट प्राप्त विवरण अनुसार चालु आ.वको ७ महिनामा लक्ष्य भन्दा बढी राजस्व संकलन भएको बताईएको छ ।

प्राप्त विवरण अनुसार साउन महिनादेखि माघ महिनासम्ममा रु.२ अर्व ५ करोड ४१ लाख राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा रु.२ अर्व २६ करोड ७४ लाख ५५ हजार राजस्व संकलन भएको छ । सो अवधिमा आयकर वापात रु.४२ करोड, घर बाहालका कर बापत रु. १ करोड ५० लाख ९३ हजार, व्याज कर वापत रु.२ करोड ५६ लाख ५६ हजार मुल्य अभिवृद्धी कर वापत रु. ३२ करोड ५८ लाख अन्तशुल्क कर वापत रु.१ अर्व ३७ करोड ७३ लाख ९८ हजार, स्वस्थ्य सेवा शुल्क वापत रु.१० करोड १३ लाख , शिक्षा सेवा कर वापत रु.१८ लाख ९७ हजार कुल राजस्व संकलन भएको छ । हाल सो कार्यलयमा दलालबाट हुने कामलाई समेत नियन्त्रण एवम् निरुत्साहित गरिएको सो कार्यलयका कर्मचारीहरु बताउँछन् ।