हेटौंडा,
फागुन १५
हेटौँडा उपमहानगरपालिकामा केहि दिनबाट कुखुरा मर्न थालेपछि चलेको “बर्ड फ्लु”को हल्ला निरर्थक भएको मकवानपुर कुखुरा ब्यवसायी संघले जनाएको छ । मगंलवार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि संघका अध्यक्ष राजु अधिकारीले पत्रकार सम्मेलनमा “ हामी मानव स्वास्थ्यमा गम्भिर छौ, सरकारी ल्यावले बर्ड फ्लु घोषणा गर्छ भने हामी नष्ट गर्ने प्रतिवद्धता ब्यक्त गर्छौ ।
गम्भारो र रानीखेतले मात्र एकैदिनमा कुखुरा मर्छ, हामीलाई प्राप्त पछिल्लो रिर्पोट अनुसार त्यो रानीखेत रोगको कारण कुखुरा मरेको हो । पत्रकार सम्मेलनमा बोल्दै उनले पाँच अरब लगानी रहेको मकवानपुरको पोल्र्टीमा एउटा शब्दले समेत समस्या निम्त्याउने भन्दै मिडियालाई पनि वास्तविकता बुझेर मात्र समाचार संकलनको लागि अनुरोध गरेका छन् ।