हेटौंडा,
फागुन १०
महानगरीय प्रहरी वृत दरबारमार्गका इन्सपेक्टर जितेन्द्र श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले लाजिम्पाटबाट २१ किलो लागूऔषध चरेशसहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मकवानपुर घर भई कलंकी बस्ने २६ वर्षिय रामकुमार मोक्तान, २४ वर्षिय राजेन्द्र गोले, मकवानपुर घरभई नैकाप बस्ने २५ वर्षिय सुकराम गोल र २५ वर्षिय रमेश कुमार मोक्तान रहेका छन् ।
पक्राउ परेका उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।