हेटौंडा,
फागुन ९
आठौँ राष्ट्रिय खेलकूद २०७५ अन्तर्गत प्रदेश नं ३ स्तरीय महिला भलिबल छनोट प्रतियोगिता बुधबारबाट शुरु भएको छ ।
फागुन ११ गतेसम्म सञ्चालन हुने खेलमा ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ भन्ने मूल नारासहित चरिकोट टुँडिखेल मैदानमा शुरु भएको हो ।
प्रदेश खेलकूद परिषद्को आयोजना र जिल्ला खेलकूद विकास समिति दोलखाको सहआयोजनामा शुरु भएको भलिबल प्रतियोगितामा १२ जिल्लाका खेलाडी सहभागी भएको आयोजकले जनाएको छ ।
सहभागी हुने जिल्लामा प्रदेश नं ३ अन्तर्गतको दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, काठमाडौं, ललितपुर, नुवाकोट, धादिङ, चितवन, मकवानपुर रहेका छन् ।