हेटौंडा,
माघ २४
उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गरी हेटौंडामा नयाँ उत्पादन आएको छ । विहीवार हेटौंडामा पत्रकार सम्मेलन गरी डाईमण्ड आर.ओ ईन्टरप्राइृजेजको सञ्चालक मानोज चौंलागाईले सो जानकारी दिएका हुन् । उनले उत्पादन अल्का लाईन वाटर प्युरीयएर, हट एण्ड कुल वाटर प्युरीफायर र एयर प्युरीफायर सम्बन्धी जानकारी दिदै प्रष्ट पारेका थिए । मानव स्वस्थ्यलाई अति आवश्यक पर्ने पानी र हावा स्वच्छ नहुंदा हामीलाई विभिन्न प्रकारका रोगहरुले आक्रमण गर्ने भएकाले यस कुरालाई केही हदसम्म निराकरण गर्ने उदेश्यले नाफा मुलक भन्दा पनि सेवामुलक हिसाबले यो सेवा ल्याएको उनले बताए ।