नेकपा विप्लव आवद्ध विद्यार्थी संगठनको आह्वानमा शैक्षिक संस्था हड्ताल कार्यक्रम अन्तर्गत मकवानपुर जिल्लाका सैक्षिक संस्थाहरु आज बन्द भएका छन् ।
बन्दका कारण सरकारी तथा नीजि विद्यालयहरुमा पठनपाठन भएको छैन ।
विद्यार्थीहरु पढ्न आए पनि विद्यालय बन्द भएपछी घर फर्किन बाध्य भएका थिए । प्रहरीका अनुसार जिल्लामा कुनै किसिमको घटना नभएका बताइएको छ । संगठनका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकलाई झुठा मुद्धा लगाई पक्राउ गरिएको आरोप सो पार्टीनिकट विद्यार्थी संगठनको छ । मकवानपुर पार्टी संयोजक बिरबहादुर घलान ज्वालाले दिएको जानकारी अनुसार मकवानपुरमा शैक्षिक हड्ताल गरेको बताईएको छ ।