हेटौंडाः मकवानपुरका वरिष्ठ पत्रकार, साहित्यकार, शिक्षक तथा श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान नेपाल मकवानपुरका संस्थापक अध्यक्ष कौशल पाण्डेको स्मृतिमा प्रकाशित ग्रन्थ ‘स्मृतिका पानाहरु’ सार्वजनिक भएको छ । बिहिबार हेटौंडामा एक समारोहबीच स्मृति ग्रन्थ सार्वजनिक भएको हो ।

प्रगतिवादी अध्येता एवं साहित्यकार डिआर पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बागमती प्रदेश निवर्तमान खानेपानी ऊर्जा तथा सिचाई मन्त्री एकलाल श्रेष्ठ, बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी छिन्तु, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको विशिष्ट अतिथ्यता रहेको थियो।

कार्यक्रममा राजनीतिक, साहित्यिक, पत्रकारिता र शिक्षण क्षेत्रका व्यक्तित्वहरु भीमसेन महत , सीता बिष्ट , प्रमिला पुलामी श्रद्धा ,राधा तिमल्सिना, सुर्यचन्द्र न्यौपाने, नवीन सिग्देल, फुर्वा दोर्जे लामा, कृष्ण प्रसाद घिमिरे, पुरणबहादुर जोशी, ध्रुव अधिकारी, निमेश निखिल, ह्यग्रीव आचार्य, समीम शाह, रामसागर गुरागाई, संजय साह, किसुन दयाल यादव लगायत उपस्थित हुनुहुन्थ्यो ।

प्रकाशित पुस्तकबारे समीक्षकहरू राजबाबु पहाडी र सूर्यप्रसाद शर्माले धारणा राख्नुभएको थियो । पुस्तकबारे बोल्दै समीक्षकहरूले कौशल पाण्डे नेपाली पत्रकारिता, साहित्य, शिक्षण र राजनीतिक क्षेत्रमा बिर्सिन नसकिने नामको रुपमा रहनुभएको किताबबाट जानकारी हुने बताउनुभयो। ग्रन्थ प्रकाशन समितिका संयोजक ऋषिराम पोखरेलले स्वागत गर्नुभएको सो कार्यक्रम श्याम प्रसाद शर्मा स्मृति प्रतिष्ठानका अध्यक्ष इन्द्र नेपालको सभाध्यक्षतामा भएको थियो। साथै, कार्यक्रमको सहजीकरण प्रतिष्ठानका सचिव सुवास खनालले गर्नुभएको थियो ।

कार्यक्रममा कवि पुरुषोत्तम आचार्य र कौशल पाण्डेकी कान्छी बहिनी शान्तिदेवी ढुङ्गानाले रचना वाचन गर्नुभएको थियो । सो अवसरमा प्रतिष्ठानले ‘कौशल पाण्डे स्मृति पुरस्कार’ स्थापना गरी कार्ययोजना बनाएर वार्षिक रुपमा प्रदान गर्ने जानकारी समेत गराएको थियो।