मनहरी, ५ फागुन । विश्वमा पाइने ८ प्रजातिका सालक मध्ये नेपालमा २ प्रजातिका पाइने त्यो पनि मकवानपुरमा अझ बढि पाइने भएकोले सालकलाई मकवानपुरको गौरवको रुपमा लिनु पर्ने भन्दै सालक दिवसको अवसरमा आज दोश्रो दिन भव्यताको साथ कार्यक्रम सम्पन्न भयो । राप्ती डिभिजन वन कार्यालय,मनहरीले आयोजना गरेको कार्यक्रममा बागमती प्रदेशका बन तथा वातावरण मन्त्री राजु विष्टले सम्बोधन गर्दै सालक र वन तथा पारिस्थितिक प्रणाली संरक्षणमा रकम अपुग भए छलफल गर्न सकिने बताउनु भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले मकवानपुर जिल्लालाई सालकमैत्री बासस्थान बनाउने अभियानमा जिसस सहकार्य गर्न तैयार रहेको बताउनुभयो ।
कार्यक्रममा बागतमी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव यज्ञनाथ दाहालले मन्त्रालयले सालक संरक्षणको लागि यस आवमा ५ करोड रकम विनियोजित गरेको बताउनुभयो।

डिभिजन वन अधिकृत बिष्णु प्रसाद आचार्यको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख आचार्यले सालक संरक्षणको अभियान २०३० सालदेखि शुरु भएको भएतापनि अहिले यसको सार्थकता बढेकोमा खुशी ब्यक्त गर्नुभयो । साथै उहाँले मकवानपुरलाई ६ महिना सम्ममा सालकलाई चिनाउनेगरी कार्य सम्पादन हुँदै गरेको जानकारी दिनुभयो । कार्यक्रममा सालक सम्बन्धी कबिता, निबन्ध, गित र भजन प्रस्तुत गरिएको थियो ।