हेटौंडाः हेटौंडेली कलाकारहरुको समूहले तयार पारेको ‘मेरो देश नेपाल आमा’ म्युजिक भिडियो युट्युबमा लोकप्रिय बनिरहेको छ । राष्ट्रियताको भावले ओतप्रोत उक्त गीतको म्युजिक भिडियो झण्डै दुई साताअघि युट्युबबाट सार्वजनिक गरिएको थियो ।

राम्रो भ्युज पाइरहेको उक्त गीतमा सकारात्मक प्रतिक्रियाहरु पनि प्राप्त भएका छन् । धेरैले यो गीतमा ‘सुन्दर गीत’ भनेर प्रतिक्रिया दिएका छन् । साथै, ‘सुन्नैपर्ने गीत’, ‘मार्मिक शब्द’ भनेर प्रतिक्रिया दिँदै प्रतिक्रिया जनाउनेहरुले ‘यो टिमलाई शुभकामना’ पनि भनेका छन् । संगीतका प्रशिक्षक रमेश तिमल्सिनाको शब्द संगीत रहेको गीतमा स्वर तथा अभिनयका सम्पूर्ण काम हेटौंडेली कलाकारहरुले नै गरेका छन् ।

निषाद संगीत स्कूलले तयार पारेको यस गीतमा यसै स्कूलका प्रशिक्षार्थीहरु रमा बराइली, चन्द्रा देवी लामा र सविता बिष्ट तिमल्सिनाले महिलातर्फको स्वर दिएका छन् भने पुरुषतर्फ सुमन काफ्ले र केशर लामा मोक्तानले स्वर दिएका छन् । अफि स्टुडियो हेटौंडामा रेकर्डिङ गरिएको गीतमा बुद्ध सायमी मानन्धरले संगीत संयोजन गरेका छन् । उक्त गीतलाई तलको लिंकमा गएर युट्युबमा हेर्न सकिन्छ । https://www.youtube.com/watch?v=aP4hJQSoa8Q